सलमान खानकाे कन्सर्ट हेर्न यी ४ किसिमका टिकट, पर्यटनमन्त्री आलेले पनि लिए

काठमाडाैं । बलिउड अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउन लागेका छन् ।

ओडीसी इन्टरटेनमेन्टले काठमाडौंमा आयोजना गर्ने कन्सर्टका लागि सलमान नेपाल आउन लागेका हुन् । दशरथ रंगशालामा आयोजना गरिने कन्सर्टमा नेपाली कलाकार पनि सहभागी हुने आयोजकले जनाएको छ ।

सलमानको कन्सर्ट हेर्न ५ हजारदेखि २५ हजार रुपैयाँसम्मको शुल्क तोकिएको छ । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरका टिकट लिन सकिनेछ ।

अनलाइनमार्फत टिकट लिने व्यवस्था मिलाइएको आयाेजकले जनाएकाे छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले टिकट काटेर यसको उद्घाटन गरिसकेका छन् । उनले ५ हजार रुपैयाँको टिकट लिएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१