
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवासँग उनकी श्रीमती डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उनीहरुले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।