• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।

बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको हाे । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले कनेक्टिविटी, ऊर्जा, रसायनिक मल, स्वास्थ्य, बिजुलीमा आपसी सहयोग आदान प्रदानबारे छलफल भएकाे जनाएका छन् ।

उनले ट्वीट गरी रामायण सर्किटकाे काममा ध्यान पर्‍याउन सहमति भएकाे पनि जानकारी दिएका छन् ।

बिम्सटेक बैठक के दौरान नेपाल के विदेश मंत्री नारायण खड़का से मुलाकात करके अच्छा लगा।

कनेक्टिविटी, ऊर्जा, उर्वरक, स्वास्थ्य और बिजली में आपसी सहयोग पर चर्चा की।

रामायण सर्किट की प्रगति पर ध्यान देने पर सहमति बनी। https://t.co/wKPHZVZ3G1

— Dr. S. Jaishankar (@DrSJaishankar) March 29, 2022