
काठमाडाैं । बलिउड अभिनेत्री आलिया भट्ट निर्देशक एसएस राजामौलीसँग रिसाएकी छन् ।
फिल्म ‘आरआरआर’ रिलिजपछि निर्देशक एसएस राजामौली र आलियाबीच मनमुटाव सुरू भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छोटो भूमिका पाएकी आलिया फिल्मबाट आफ्नो केही दृश्य काटिएपछि निर्देशक राजामौलीसँग रिसाएकी हुन् ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आरआरआरको प्रचार सामग्री समेत हटाएकी छन् ।
२६ मार्च, २०२१ मा अभिनेता रामचरणको राम अवतारमा प्रस्तुत भएको पोस्टरपछि उनले सबै पोस्ट डिलिट गरेकी छन् ।
यसैबीच, आलियाले निर्देशक राजामौलीलाई इन्स्टाग्राममा अनफलोसमेत गरेकी छन् । आलियाले फिल्ममा ‘सीता’को भूमिका निर्वाह गरेकी छन् ।
राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासहित जुनियर एनटिआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ ।
गत शुक्रबारबाट प्रदर्शन भइरहेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यसले पाँच दिनमा ५ सय करोडभन्दा बढी भारतीय रूपैयाँ कमाइसकेको छ । याे फिल्मले नेपालमा पनि राम्राे व्यापार गरिरहेकाे छ ।