• २०८३ असार ३२
  • 2026 July 16, Thursday

आलियासँग विवाहबारे रणवीर कपुरकाे यस्तो खुलासा

भारत । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता रणवीरले यसबारे खुलासासमेत गरेका छन् । रणवीर आलियासँग छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन नचाहेकाे सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीसँग अभिनेता रणवीरले भनेका छन् ‘म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहन्न तर आलिया र म विहेका लागि तयार भएका छौँ। आशा गरौँ त्यो छिट्टै पूरा होस् ।’

उनका दिवंगत पिता ऋषि कपुरद्वारा अभिनित फिल्म शर्माजी नमकिन फिल्मको प्रवर्द्धनमा व्यस्त रहेका रणवीरले विवाहबारे यस्ताे प्रतिक्रिया दिएका हुन् । तर आलियाका बुबा महेश भट्टले यो खबरलाई अफवाह भनेका छन् ।