ज्ञानेन्द्र शाहीकाे प्रश्न : राजा हटाएर नेपाली जनता र देशले के पाए ?

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायाैँ ?’ भन्ने प्रश्न उठाएका छन् । शुक्रबार माेरङकाे रतुवामाईमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले यस्ताे प्रश्न उठाएका हुन् ।

‘देशको अर्थतन्त्रको नास गर्‍याैँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्‍याैँ । नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए ?’

उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादकाे आवश्यकता भएकाे बताए ।

‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र  जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’ उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१