• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२५ सय बिन्दुभन्दा तल झर्‍याे शेयर बजार

काठमाडाैं । शेयर बजार साेमबार पनि घटेको छ ।

आइतबार करिब ३१ अङ्कले घटेको शेयर बजार साेमबार १५ दशमलव ९४ अङ्कले घटेर २ हजार ४ सय ९७ दशमलव ४७ बिन्दुमा झरेको छ ।

साेमबार २ सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएकाे नेप्सेले जनाएकाे छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डाे समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ ।