
काठमाडाैं । दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दना २६ वर्षकी भएकी छन् । मंगलबार उनकाे जन्मदिन हो ।
५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिकाले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छिन् । कलेजमा हुँदा उनले क्लिन एण्ड क्लियर फ्रेश फेस २०१४ को उपाधि जितेकी थिइन् । यसपछि उनले मोडलिङमा आफ्नो करियर बनाउन थालिन् ।
सन् २०२१ को ब्लकबस्टर फिल्म ‘पुष्पा’ उनको अहिलेसम्मकाे सफल चलचित्र हो । चलचित्र पुष्पामा अभिनय गरेपछि उनकाे चर्चा झन् बढेकाे छ ।
उनकाे नेपालमा पनि चर्चा हुने गरेकाे छ । भारतको कर्नाटक राज्यमा त उनको निक-नेम नै ‘नेशनल क्रश’ छ । यस्तै, एक्सप्रेसन क्विन भनेर पनि उनलाई चिनिने गरिएकाे छ । सन् २०२० मा गुगलले नै उनलाई नेशनल क्रश घोषित गरेकाे थियाे । गुगलमा नेशनल क्रश टाइप गर्नासाथ रश्मिकालाई नै देख्न सकिन्छ । रश्मिकाले ६ पटक उत्कृष्ट नायिकाको अवार्ड समेत जितिसकेकी छिन् ।
अभिनेता रक्षित शेट्टीसँग रश्मिकाकाे नाम जाेडिएकाे थियाे । उनीहरू प्रेम सम्बन्धमा पनि थिए । सन् २०१७ जुलाई ३ मा उनीहरूले इङ्गेजमेन्ट पनि गरेका थिए । तर आपसी झगडाका कारण सन् २०१८ मा उनीहरूको सम्बन्धमा ब्रेक लागेकाे थियाे ।
अहिले रश्मिकाको नाम विजय देवरकोन्डासँग जोडिन्छ । तर दुवैले यो अफवाह मात्र भएकाे प्रतिक्रिया दिने गरेका छन् ।