राेकिएन नेप्सेकाे पहिराे, ४६ अंककाे गिरावट

काठमाडाैं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार पनि घटेको छ ।

मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४ सय ५२.०६ अंकमा झरेको हो । ४६ अंकमाथिले घटेको बजारमा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु घटेका छन् । २ वटा लघुवित्त कम्पनी नेष्डाे र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ ।

मंगलबार सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने नारायणी विकास बैंक र युनाइटेड मार्दी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१