
काठमाडाैं । अभिनेता भुवन केसी काठमाडाैं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडाैंकाे मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिक आइरहेका बेलामा उम्मेदवार बन्ने आकांक्षीको संख्या बढ्न थालेको छ ।
उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।