• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चैत २५ गते राप्रपाले काठमाडौंमा चुनाव लक्षित आमसभा गर्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा स्थानीय तहको निर्वाचन लक्षित आमसभा गर्ने भएको छ ।

चैत २५ गते शुक्रबार राप्रपाले आमसभा गर्न लागेको हो ।

पार्टीको बागमती प्रदेश समितिले मंगलबार काठमाडौंमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरू, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीबारे समीक्षा गरेको हो ।

देशभर उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा पनि निरन्तरता दिन लागिएकाे नेताहरुले बताएका छन् ।

राप्रपाले झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको छ ।