थप १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै, थप ५७ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय २२ जना निको भएका छन् ।

हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१