• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

अधिकारी निलम्बित भएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अधिकारीमाथि अब छानबिनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।

विशेषगरी अर्थमन्त्री जनार्दन शर्मा अधिकारीसँग रुष्ट थिए ।

अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्बन्ध राम्रो बन्न सकेको थिएन ।