गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन् ।

उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग जोडेका छन् । अहिले गभर्नर निलम्बन गरेर माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको टिप्पणी पोखरेलले गरेका हुन् ।

एमाले महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो गभर्नरको निलम्बन । अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैँ हुन् ।’

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको भन्दै शुक्रबारदेखि निलम्बन गरेको थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१