
काठमाडाैं । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको विवाह अप्रिल १७ तारिखमा हुने बताइएको छ ।
आलियाले विवाह लगत्तै एक हलिउड चलचित्रमा काम थाल्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले मे महिनामा आफ्नो हलिउड चलचित्रको शुटिङ शुरू गर्ने छिन् ।
शुटिङका लागि आलिया अमेरिका जाने बताइएको छ । उनले बलिउडपछि अब हलिउड चलचित्रमा समेत डेब्यु गर्न लागेका हुन् ।
उनी हलिउड चलचित्र ‘हार्ट अफ स्टोन’मा अनुबन्धित हुनेछिन् ।