• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने

चितवन । एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

मेयरको उम्मेदवारमा सुवेदीलाई सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।

महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् ।

उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । यद्यपी अहिलेसम्म यसबारे टुंगाे लागेकाे छैन ।