• २०८३ साउन ७
  • 2026 July 23, Thursday

संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगाएतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका हुन्।

उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे । देशका मधेशी, थारु, आदिवासीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीका कारण भएको उनले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका विभिन्न दलआवद्ध कार्यकर्ताहरुलाइ पनि माओवादी प्रवेश गराइएको थियो ।