• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

यस्ता छन् काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका एजेण्डा (पूर्णपाठ)

काठमाडाैं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौंको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । पार्टीले समीक्षा बास्कोटालाई मेयर तथा र कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना मूल एजेन्डासहितका प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । उनीहरुकाे मूल एजेन्डामा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा: कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौं र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।

विवेकशीलले मेयरको उम्मेदवार बास्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन् । उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेका थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

उपमेयरको उम्मेदवार तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्घ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

हेर्नुहाेस् उनीहरुकाे एजेन्डाकाे पूर्णपाठ :