माेरङ । नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा ७ र उपमेयरमा ११ जनाको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ ।
समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर र उपमेयर पदका दाबेदारहरूको नाम सिफारिस गरेको हो ।
महानगरको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ ।
यस्तै, उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम प्रस्ताव गरिएको छ ।
२०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।