• २०८३ साउन ७
  • 2026 July 23, Thursday

मेयरमा मन्त्री बिन्दुकुमार र उपमेयरमा उनकी बुहारीसहित पोखरामा यी हुन् कांग्रेसबाट आकांक्षी

कास्की । पाेखरा महानगरकाे मेयरमा १८ जना र उपमेयरमा १० जनाले दाबी पेश गरेका छन् । कांग्रेस पोखरा महानगर कार्यसमितिले आइतबार मेयर र उपमेयरको आकांक्षीलाई आन्तरिक उम्मेदवारी पेश गर्न आह्वान गरेको थियो ।

महानगरको मेयरमा गण्डकी प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापाले पनि दाबी पेश गरेका छन् । उनकी बुहारी मिलन थापाले पनि उपमेयरमा दाबी पेश गरेकी छन् ।

थापासहित जिल्ला सभापति किशोरदत्त बराल, गणेशबहादुर भट्टराई, सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले दाबी गरेका छन् ।

यस्तै, उपमेयरमा माया बराल, लक्ष्मी पाण्डे, रंगिला आचार्य, आनन्दी राणा, टीकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले आन्तरिक उम्मेदवारी दर्ता गरेका हुन् ।

मेयर र उपमेयरको आकांक्षीबाट पार्टीको विधान अनुसार छनौट गरेर केन्द्रमा नाम सिफारिस गर्ने महानगर कार्यसमिति जानकारी दिएकाे छ ।