• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गठबन्धन बैठक साेमबार पुन: बस्ने गरी स्थगित

काठमाडाैं । बालुवाटारमा जारी गठबन्धन बैठक साेमबार पुन: बस्ने गरी स्थगित भएको छ ।

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको हाे । बैठक साेमबार पुन: बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।