• २०८३ असार १०
  • 2026 June 24, Wednesday

गठबन्धनको बैठक निष्कर्षविहीन, मंगलबार फेरि बस्ने

काठमाडाैं । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

नेताहरुले बैठक सकारात्मक भएको बताए पनि कुनै ठोस सहमति भने नभएको बताएका छन् । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ ।

गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

यसअघि बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ-आफ्नै दावी नछोडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।