जसपाको चुनावी घोषणापत्र : आधारभुत सेवा घरघरमा, टोलटोलमा निःशुल्क इन्टरनेट (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

स्थानीय तह चुनावका सन्दर्भमा जसपाले सार्वजनिक गरेको घोषणापत्रमा आमजनतालाई आधारभूत सेवा घरमै पुगेर दिने वाचा गरिएको छ ।

जन्मदर्ता, मृत्युदर्ता जस्ता आधारभूत सेवा घरमै पुगेर दिने प्रतिवद्धता गरिएको छ । यस्तै, पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने, हरेक स्थानीय तहमा बर्थिङ सेन्टर बनाउने पनि प्रतिबद्धता गरिएको छ । विद्यालय र टोलटोलमा निःशुल्क इन्टरनेट सेवा दिने घोषणापत्रमा उल्लेख छ ।

देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने उसको घोषणापत्रमा उल्लेख छ ।

हेर्नुहाेस् घाेषणापत्र :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१