
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले केन्द्रीय घोषणापत्रसहित ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ ।
सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।
शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धि व्याख्या गरिएको छ ।
हेर्नुहाेस् घाेषणापत्र :