• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

गठबन्धनबाट काठमाडौंकाे मेयर उम्मेदवार प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रबार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भइसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।