• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

डाेल्पाका तीन स्थानीय तहमा एकीकृत समाजवादी निर्विराेध निर्वाचित

काठमाडाैं । कर्णाली प्रदेशको डोल्पा जिल्लामा नेकपा (एकीकृत समाजवादी)का २ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ६ वडा अध्यक्ष गरी ९ जना पदाधिकारीसहित केही वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध हुनेहरुमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष भएकाे एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयनका दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको हाे । नेकपा समाजवादीले याे शुभ संकेत भएकाे पनि जनाएकाे छ ।