• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

विप्लव नेतृत्वको नेकपाका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पदमुक्त

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरुलाई पदमुक्त गरेका हुन् । विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ,‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिँडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’

हेर्नुहाेस् विज्ञप्ति :