
काठमाडौं । टी–२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावे ‘ए’ लाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार पार्न सफल भएकाे हाे ।
नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गरी मध्यम सुरुआत दिलाएका थिए ।
नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।
जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक-एक विकेट लिए । नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ ।