• २०८३ साउन ९
  • 2026 July 25, Saturday

एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, केही घाइते

काठमाडाैं । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् ।

आक्रमणबाट करिब दर्जन एमाले कार्यकर्ता घाइते भएका छन् ।

बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थान र सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसँग मत मागिरहेका बेलामा नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरेकाे एमाले नेताहरुले जनाएका छन् ।

प्रचारमा प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेताहरुले बताएका छन् ।