आरजु राणालाई गोकुल बास्कोटाको प्रश्न : राज्यको पैसा तिम्रा बाउको बपौति हो र ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गगन थापा र आरजु राणा देउवामाथि खनिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्कोटाले राज्यको सम्पति आरजुको दाइजो नभएको भन्दै राणालाई ‘म्यानपावर कम्पनीको सीईओ बनाउनु पर्नेमा फर्स्ट लेडी’ बनाएको भनी कटाक्ष गरेका हुन् । उनले गगन थापाले त ट्युसन पढाएको के गतिलो हुन्थ्यो भनी टिप्पणी पनि गरे ।

विहीबार स्थानीय तह निर्वाचनको प्रचारको क्रममा राणाले ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भनी बताएकी थिइन् । नेतृ राणाले भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ । यो कुरा ध्यान दिएर करूवा, सरूवा, हरुवा पार्टीलाई भोट नहाल्नुस् । जहाँ कांग्रेसको मेयर नै छैन भने त हामी किन पैसा पठाउँछौँ ।’

यही अभिव्यक्तिको प्रतिउत्तरमा बास्कोटाले भने ‘राज्यको सम्पति कसैको बपौति वा दाइजो होइन ।’ उनले एमालेले बनाएको योजना कांग्रेसले काटेको पनि बताए । उनले गठबन्धनको काम नभएको र गठबन्धनले देश नबनाउने तर्क पनि गरे ।

हेर्नुहोस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१