• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वडासदस्यका उम्मेदवारको मृत्यु, श्रीमतीले दिइन् उम्मेदवारी

सिरहा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपािलका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो ।

उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनाए । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन् ।

सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रकृया पठाईदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दियौँ ।’