• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए राजीनामा

काठमाडाैं । आर्थिक संकटमा फसेको मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन् । पछिल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा मागेर श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन् ।