बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरू पनि आइतबार बिदा हुने भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गरेको हो ।

राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म हुने गरी तय गरेको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्ताे छ सूचना :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१