भीफफेदी १ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् ।

उनले नाै सय १० मत प्राप्त गर्दै विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ ल्याएकी छन् । वडा नम्बर १ मा एक हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१