बर्दिबास-७ मा वडाध्यक्षमा गठबन्धनका बागी विजयी, १ मतले हारजित

महोत्तरी । बर्दिबास नगरपालिका-७ काे वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् ।

सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए ।

अन्य वडाकाे मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रल्हाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१