गोसाईकुण्ड गाउँपालिका १ मा एमाले प्यानल र २ मा कांग्रेस प्यानल विजयी

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए ।

वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी भएका छन् ।

यस्तै, गाउँपालिकाकाे वडा नं २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए ।

वडा सदस्यमा सोनाम छिरिङ घले, कामी सेदार घले, दलित महिला सदस्यमा लक्ष्मि परियार र महिला सदस्यमा किप्पा नगरकोटी विजयी भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१