हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि शेर्पा विजयी

काठमाडौं । हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । ५ हजार ३८६ मत ल्याएर उनी अध्यक्ष बनेका हुन् ।

एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका पेमा लामाले मात्र ८१३ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् । उनले ५ हजार २१४ मत ल्याएर विजयी भएकी हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वी एमालेकी गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१