मध्यान्ह १२ बजेको अपडेट : स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार (२ जेठ)को मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन् ।

साहले ६ हजार १६ मत ल्याउँदा उननलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार १४१ मत ल्याएका छन् । कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् ।

यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१