पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् ।

अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा माओवादीका रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्यासी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् ।

पातारासीमा ०७४ काे निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१