• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी

वीरेन्द्रनगर । कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् ।

केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।