
जाजरकाेट । जाजरकोट नलगाड नगपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत विजयी भएका छन् ।
उनले ५ हजार ५ सय ९९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका धर्म बहादुर शाहीले तीन हजार ६ सय २६ मत मात्र प्राप्त गरे ।
उपप्रमुखमा भने नेपाली कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी छन् । उनले ५ हजार ४ सय ६ मत प्राप्त गरे ।
नलगाडमा सत्तारूढ माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए । अघिल्लो निर्वाचनमा पनि यो नगरपालिकाका माओवादीले नै मेयर–उपमेयर जितेको थियो ।