बालेनले करिब ११ हजार अग्रता कायम गर्दा अरुले कति ल्याए मत ?

काठमाडाैं । काठमाडौं महानगरपालिकामा मतगणना भइरहेकाे छ । पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग करिब ११ हजार मतको अग्रता कायम गरेका छन् ।

शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ मत पाएका छन् ।

यता तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४४२ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाले २ हजार ३७१ मत ल्याएको छ ।

उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ । उपमेयर उम्मेदवार सुनिता डंगाेलले २३ हजार १७ मत ल्याउँदा लौरोले २ हजार ४४८, कलमले ७ हजार ३७३, हलोले ५ हजार १६८ मत ल्याएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१