भरतपुरमा रेणुले बढाइन् अग्रता, निकै पछि परे सुवेदी

चितवन । भरतपुरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार रेनुले ३ हजार २२२ मतको अग्रता बनाएकी हुन् ।

५६ हजार ८४५ मत गणनामा रेनुले २१ हजार ४९२ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार २७० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार १३३ मत पाएका छन् । उनी दुई प्रतिष्पर्धी उम्मेदवारभन्दा निकै पछि छन् ।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २३ हजार ८६१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपा उम्मेदवार हिमला गुरूङले १४ हजार २८ मत पाएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१