
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन् ।
शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन् ।
मत परिणाम अनुसार वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन् । यस्तै, उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ ।