अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणमा, यस्ता छन् कार्यक्रम

काठमाडाैं । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिनदिने भ्रमणमा नेपाल आएकी छन् । परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले उपविदेशमन्त्री जियालाई शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

उनले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ ।

उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् । भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन् । उनले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१