धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हमाल जित नजिक

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् ।

शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९ सय ९७ मतको अग्रता लिएका छन् ।

६३ हजार ७ सय १५ मत खसेको धनगढीमा ५१ हजार ६५ मत गणना गर्दा गाेपाल हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन् ।

यस्तै, सत्ता गठबन्धनका मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१