
काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन् ।
आइतबार बिहानसम्ममा एक लाख ६ हजार ५१६ मत गन्दा उनले ३८ हजार ३५१ मत पाएकी हुन् ।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाए ।
सुनिता रामेश्वरभन्दा २४ हजार ९२० मतले अगाडि छिन् । उनले सुरूवात देखि नै अग्रता लिएकी थिइन् ।