
चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३८७०८ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १९२ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ६४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४०९४९ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २३८९५ मत प्राप्त गरेकी छन् ।
भरतपुरमा हालसम्म ९८ हजार १०७ मतगणना सम्पन्न भएकाे छ ।