काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुसारको काम अघि बढेको बताएकी छन् ।
मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी राष्ट्रपति भण्डारीले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।
१० महिनासम्ममा थप ६३८ मेगावाट विद्युत् उत्पादन भएको पनि उनले जानकारी दिएकी छन् । सरकारले निजी तथा सरकारी सहकार्यमार्फत आर्थिक संरचना सबल बनाउने लक्ष्य लिएको पनि उले जानकारी गराएकी छन् ।