
काठमाडौं । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ । अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु । फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु ।’
बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएकाे थियाे ।